अपडेट 
२०७७ आश्विन २८, बुधबार ०८:२९

कोरोना महामारीका बेला लोकसेवा आयोगबाट लिइने परीक्षा रोक्न परीक्षार्थीहरुले माग गरेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विद्यार्थीहरुले लोकसेवा आयोगलाई बोलाई निर्धारित परीक्षाहरु स्थगित गर्न निर्देशन दिन माग गर्दै उजुरी दर्ता गराएका हुन् । परीक्षार्थीहरुले दिनदिनै कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा परीक्षा सञ्चालन गर्नु जोखिमपूर्ण हुने भन्दै रोक्न माग गरेका हुन् । परीक्षा रोक्न माग गर्दै सर्वोच्च अदालतमा समेत रिट दर्ता भएको छ । विभिन्न तहका यसअघि नै हुुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो । आयोगले सहसचिव तहको परीक्षा कात्तिक ४ गतेदेखि तोकेको छ ।

त्यस्तै अधिकृत तह र नायव सुब्बा तहको परीक्षा कात्तिक १८ गतेदेखि सुरु गर्ने सूचना प्रकाशित गरेको छ । अहिलेको अवस्थामा यी सबै परीक्षा रोक्नुपर्ने विद्यार्थीहरुको माग छ ।

Comment


Related News

Latest News

Trending News