अपडेट 
२०७७ आश्विन २९, बिहीबार ०६:२९

प्रदेश सरकारको महत्वाकांक्षी योजना वेटी पढाउ बेटी वचाउ अभियान अन्तरगत हंसपुर नगरपालिकाले उमावि वघचौडाका ७४ जना छात्रालाई साइकल वितरण गरेको छ ।

वुधवार उमावि वघचौडाको प्रांगनमा आयोजीत एक कार्यक्रमका विच कक्षा आठमा पढने सम्पुर्ण छात्रालाई हंसपुर नगरपालिकाका मेयर रामज्ञान मडल र उपमेयर रेणु झाले सयुक्तरुपमा हस्तान्तरण गरेका छन ।छोरीहरुलाई विद्यालय आउनमा हुदै आएको कठिनाईलाई मध्यनजर गर्दै दलित बालिकाहरुलाई मात्रै वितरण गर्ने अभियान रहेकोमा आफुले सम्पुर्ण छात्रालाई प्रदान गरेको मेयर मंडलले वताए । उनले हंसपुर नगरपालिकाको शिक्षाको विकासक्रमलाई बढाउनका लागि आफु हरसम्भव प्रयास गर्ने र शिक्षामा हरेक वर्ष आवश्यकता भन्दा वढि बजेटको उपलव्धता गराउने प्रतिवद्धता समेत जनाए ।उनले शिक्षाले नै अगाडी पुग्ने भएकोले शिक्षा महत्व वुझेर अगाडी बढनका लागि विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रममा उपमेयर रेणु झाले छोरीहरुको राजश्वला भएपछि पांचदिन सम्म घरमै बस्ने र हिड्न पनि समस्या भएकोले विद्यालयमा पढाईलाई नियमीत गर्नका लागि पनि साईकल वितरण गरिएको वताउदै उनले साइकल पाउदा खेरी पनि विना जानकारि विद्यालय नआउने छात्राहरुलाई कारवाही गर्न प्रधानध्यापकलाई आग्रह गरिन ।उनले आफनो नगरपालिकामा शिक्षामा छोरीहरु धेरै कमजोर रहेको र यसलाई समाप्त पार्नका लागि छोरीहरुले समस्यालाई विर्सेर पढाईलाई निरन्तरता दिई हंसपुर नगरपालिकालाई जिल्लामै शिक्षामा उतकृष्ट वनाउनका लागि छोरीहरुलाई अगाडी आउनुपर्ने वताईन । साईकल वितरण कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News