अपडेट 
२०७७ आश्विन २९, बिहीबार ०९:०२

न्यायपरिषद्ले उच्च अदालतमा कार्यरत ८० न्यायाधीशको सरुवा गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको उपस्थितिमा बुधबार बसेको परिषदको बैठकले विशेष अदालतको अध्यक्षमा न्यायाधीश प्रेमराज कार्कीलाई सिफारिस गरेको छ। कार्की उच्च अदालत दिपायलमा कार्यरत छन्।

उच्च अदालत जुम्लाका न्यायाधीश अब्दुल अजिज मुसलमान र उच्च अदालत सुर्खेतका न्यायाधीश नित्यानन्द पाण्डेलाई विशेषका सदस्यमा सिफारिस गरिएको छ। विशेषको अध्यक्ष र सदस्य तोक्न सरकारलाई परामर्श प्रदान गरिएको परिषदले जनाएको छ। कार्कीले सूर्यनाय उपाध्याय अख्तियार प्रमुख हुँदा अनुसन्धान अधिकृत भएर भ्रष्टाचारका उजुरीमा अनुसन्धान गरेका थिए। कार्की नायब महान्यायाधिवक्ताबाट तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए। विशेषका अध्यक्ष शिवराज अधिकारीलाई उच्च अदालत बुटवलको तुलसीपुर इजलासमा सरुवा गरिएको छ। विशेषमा सदस्य रहेका कृष्ण गिरीलाई उच्च अदालत जनकपुरको राजविराज इजलास र अर्का सदस्य चन्द्रबहादुर सारूलाई पनि सोही इजलासमा सरुवा गरिएको छ।

यस्तै परिषद् निर्णयअनुरूप उच्च अदालत पाटनमा सरुवा हुनेमा उच्च अदालत सुर्खेतका विनोद शर्मा, जनकपुर उच्च अदालतको वीरगन्ज इजलासका भीमकुमार ओझा, उच्च अदालत विराटनगरका महेश शर्मा पौड्याल, उच्च अदालत विराटनगरको इलाम इजलासका अच्युत विष्ट, राजविराज इजलासका शेखरचन्द्र अर्याल, राजविराज इजलासकै विपुल न्यौपाने, उच्च अदालत पोखराका सुभाष पौडेल, उच्च अदालत बुटवलका दुर्गाबहादुर विश्वकर्मा र उच्च अदालत विराटनगरको धनकुटा इजलासकी बबिता उप्रेती छन्। उच्च अदालत बुटवलका दीपेन्द्रबहादुर बम, उच्च अदालत पाटनको हेटौंडा इजलासका महेन्द्रनाथ उपाध्याय, उच्च अदालत विराटनगरका मोहम्मद जुनैद आजाद, उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासका विमल सुवेदी, उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासका किरणकुमार पोखरेल र उच्च अदालत विराटनगरका नरिश्वर भण्डारी पनि उच्च अदालत पाटनमा सरुवा भएका छन्।

प्रत्येक २ वर्षमा न्यायाधीश सरुवा हुने परिषद् ऐनमा व्यवस्था छ। तर, कोभिड महामारीका कारण परिषद् बैठक अवरुद्ध भएकाले २ महिना ढिला गरी सरुवा निर्णय गरिएको थियो। यसअघि गत असोज २१ गतेको न्यायपरिषद् बैठकले १ सय १४ जना जिल्ला न्यायाधीश सरुवाको निर्णय गरेको थियो।

Comment


Related News

Latest News

Trending News