अपडेट 
२०७७ आश्विन २९, बिहीबार १५:४०

भारतमा एकैदिन ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार सात सय आठ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख ६ हजार नाघेको छ । हाल भारतमा आठ लाख १२ हजार तीन सय ९० जना मानिस सक्रिय संक्रमित अवस्थामा छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणबाट ६ सय ८० जना मानिसको ज्यान गएको छ । संक्रमितमध्ये यहाँका ६३ लाख ८३ हजार चार सय ४२ जना निको भएका छन् । कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म एक लाख ११ हजार दुई सय ६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैबीच भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा एक लाख ९६ हजार सात सय ६१ जना कोरोना भाइरसका सक्रिय संक्रमित बिरामी रहेका छन् । महाराष्ट्रमा हालसम्म ४० हजार आठ सय ५९ जनाको ज्यान गइसकेको छ । यहाँ १३ लाख १६ हजार व्यक्ति निको भएका छन् । अर्को सर्वाधिक असर परेको कर्नाटक राज्यमा एक लाख १६ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् । यस राज्यमा हालसम्म १० हजार एक सय ९८ जनाको मृत्यु भएको छ । केरला राज्यमा भने एक हजार ६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News