अपडेट 
२०७७ आश्विन २९, बिहीबार १८:१४

१४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ छन् । पक्राउ पर्नेमा रौतहटको बृन्दाबन नगरपालिका-४ स्थित हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह रहेका छन् ।

साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त टोलीले गरुडा नगरपालिका ४ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । अनुसन्धानको क्रममा साहले गत असोज १६ गते गढीमाई नगरपालिका-१ समनपुर घर भई बृन्दावन नगरपालिका-४ स्थित बाजेको घरमा बस्दै आएकी १४ वर्षीया बालिकालाई उखुबारीमा जबरजस्ती करणी पश्चात घाँटी थिचेर हत्या गरेको पाइएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बालिका र साहकी छोरी मिल्ने साथी भएको र आफ्नो घरमा आउन जाने गरेकोमा पहिलादेखि नै साहले बालिकाप्रति नराम्रो दृष्टि राखेको पाइएको छ । पक्राउ परेका साहले अपराध स्वीकार गरेको बताउँदै डीआईजी सिंहले उनीविरुद्व रौतहट जिल्ला अदालतबाट १५ दिनको म्याद थप गराई अन्य अनुसन्धान भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News