अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार ०६:२६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

बिहीबार थापाले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधवार सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको उहाँले उल्लेख गर्नुभएको छ । साथै आफ्नो अवस्था सामान्य रहेको पनि थापाले ट्विटरमा लेख्नुभएको छ । साथै उहाँले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News