अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार ०७:२८

साधारणतया देशभरको मौसम सफा रहेपनि बागमती र गण्डकी प्रदेशमा सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको छ । जलवायुमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले साधारणतया देशभर नै मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राती प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

Comment


Related News

Latest News

Trending News