अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार १४:२७

विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ ।

विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि भएकोमा ११ लाख ३ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये दुई करोड ९३ लाख निको भएका छन् । अहिले ८६ लाख ९७ हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात साढे ७० हजारको अवस्था जटिल रहेको र बाँकी ८६ लाख २६ हजारको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । जसमध्ये दुई लाख २२ हजारको ज्यान गएको छ । यस्तै भारतमा ७३ लाख ६५ हजारमा सङ्क्रमण पुष्टि हुँदा एक लाख १२ हजारको ज्यान गएको छ ।

५१ लाख ६९ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा १ लाख ५२ हजारको ज्यान गइसकेको वल्ड्रोमिटरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News