अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार १६:४०

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा जानकारी दिए ।  यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ। 


यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए । 

Comment


Related News

Latest News

Trending News