अपडेट 
२०७७ कार्तिक १, शनिबार ०६:०६

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । हाल प्रदेश नम्बर १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा सामान्यतया मौसम सफा रहको महाशाखाले जनाएको छ ।

आजराति प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि दिउँसो प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागहरुमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News