अपडेट 
२०७७ कार्तिक १, शनिबार ०६:२४

जनकपुरधाम ।जनता समाजवादी पार्टी(जसपा)द्वारा धनुषाको सबैलामा आयोजित बृहत्त पार्टी प्रवेश कार्यक्रम व्यवस्थित हुन नसक्दा नवप्रवेशीहरु खिन्न देखिए । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेशमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसबाट भारी संख्यामा मानिसहरु राजपामा प्रवेश गरे ।नवप्रवेशीहरुलाई नेता महतोले गमछा र मालाले स्वागत गरे ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १मा पर्ने सो क्षेत्रमा नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मातृका यादव निर्वाचित संघीय सांसद हुन् ।सो क्षेत्रमा नेकपाले दुवै प्रदेश सभासिटपनि जितेको हो । तर पार्टी भित्रको आन्तरिकद्वन्दले नेकपाका समर्थकहरु विचलित भएको बताइन्छ ।एउटै दलमा एक अर्कालाई फसाउने प्रवृती बढेपछि पार्टी छाड्नेहरुको संख्या बढेको बताइन्छ ।नेता यादव केहि दिनदेखि निर्वाचन क्षेत्रमा नै सकृय रहेका छन् ।उनको विवाद पार्टीकै योगनारायण यादवसित चर्किएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकिकृत नभएको अवस्थामा सो क्षेत्रमा समाजवादी पार्टी दोस्रो शक्तिको रुपमा स्थापित भएको थियो ।नेपाली काँग्रेस तेस्रो स्थानमा रहेको थियो । समाजवादी र राजपा एकिकृत भएर जसपा बनेपछि क्षेत्रमा अवस्था बलियो भएको नेताहरुले दावी गरे ।एक दर्जन बढी नेताहरु सहभागि भएको सो प्रवेश कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा.बाबुरा भट्टराईको अनुपस्थिति खलिएको थियो ।

मञ्चमा दुवै दलका नेता रहेपनि प्रभाव पूर्व राजपा नेताहरुकै थियो ।प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पार्टीलाई पहिलो शक्ति बनाउन जनतामा व्यापक उत्साह देखिएको दावी गरे । कार्यक्रम सञ्चालक पत्रकार सुरेश यादवको हातबाट माइक खोस्ने र बोल्ने क्रम अनियन्त्रित थियो ।सभामा अनिल झा, संघीय सांसद उमाशंकर अरगडिया, मन्त्रीहरु जितेन्द्र सोनल, नवलकिसोर साह, सभासदहरु रामअशिष यादव, चमेली दास, परमेश्वर साह, मनिष सुमन, दीपक कार्की, श्याम यादव लगायतका नेताहरु भारी संख्यामा सहभागि भएका थिए । जसपाका नेताहरुले मञ्च व्यवस्थापन गर्न नसकेपनि नेकपा र नेकाँलाई प्रवेश कार्यक्रमले ठूलो धक्का लागेको छ ।नेकपामा त पहिरो नै गएको छ ।सबैला काँग्रेसको गढ मानिएपनि पछिल्लो समयमा नेकपा बलियो बनेको थियो ।सबैला नगरपालिकामा काँग्रेसका विजयशंकर साह मेयर छन् ।तर बहुमत नेकपाकै रहेको छ ।

जसपामा मन नमिलेको छताछुल्ल भइरहेको बेला सबैलामा नेकाँ र नेकपालाई जसपा प्रवेश कार्यक्रमले भने ठूलो क्षति भएको छ ।

Comment


Related News

Latest News

Trending News