अपडेट 
२०७७ कार्तिक १, शनिबार १२:०३

रौतहटको गजरा नगरपालिका स्थित अवैध सालको काठसहित एकजना पक्राउ परेका छन् ।  गुजरा– ५ का मुस्लिम मियां धुनिया १५ क्युफिट सालको काठसहित पक्राउ परेको चोंचा सव–डिभिजन बन कार्यालयका प्रमुख राजेश साहले बताएका छन् ।  राष्ट्रिय बनबाट अवैधरूपमा सालको काठ ल्याएर भण्डारण गरेको सूचनाको आधारमा शुक्रबार राति धुनियाको घरमा खानतलासी गर्दा उक्त परिणामको काठ बरामद भएको प्रमुख साहले जानकारी दिए । 

बरामद काठ र आरोपि मुस्लिम मियां धुनिया लाई चोंचा बन कार्यालयको नियन्त्रणमा राखेर थप अनुसंधान भइरहेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताए । पछिल्लो एक महिनाभित्र सब डिभिजन बन कार्यालय चोंचाले ६५ क्युफिट सालको गोलिया काठ र ८ वटा साईकल बरामद गरेको छ । बर्सेनि चांडपर्वको बेलामा बन सुरक्षाकर्मी बिदामा घर गएपछि तस्करहरुले तिब्ररुपमा काठ चोरी निकासी गर्दछन् । 

तर यसपटक बडादशैं र आउन लागेको दिपावली तथा छठपर्वमा बनको सुरक्षार्थ बिशेष सुरक्षा योजना जारीगरेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News