२०७७ कार्तिक १, शनिबार १२:०७

सरकारले विदेशी पर्यटक आगमनमा लगाएको रोक आज (शनिबार) देखि खुला गरेको छ।

विश्वव्यापी कोरोना महामारीका कारण चैत ११ देखि विदेशी पर्यटक आगमनमा रोक लगाइएको थियो। अहिले नेपालमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको भए पनि विदेशी पर्यटक आगमन खुला कात्तिक १ देखि खुला गरिएको हो ।

नेपाल आउने पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिको छ। नेपाल आउने पर्यटकले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने पनि सरकारले जनाएको छ। ७ दिन क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुले घुम्न पाउने छन्। पर्यटन मन्त्रालयका अनुसार पर्यटकलाई सहरी क्षेत्रमा भन्दा पहाडी र हिमाली क्षेत्रका पदयात्रा र पर्वतारोहणलाई प्राथमिकता दिइएको छ ।

Comment

Related News

Latest News

Trending News