अपडेट 
२०७७ कार्तिक २, आईतवार ०६:३९

ओहो, कोरोना महामारीले यसपटकको दशै पनि सखाप पार्यो । हिजो देखि शुरु भएको दशैंको मौसम निर्जन छ । यस्तो पनि दशैंको मौसम । न मालश्रीको धून सुनिएको छ । न पन्चे बाजाको आवाज । पोहोरसम्म सोह«श्राध्द शुरु हुनुभन्दा पन्ध्रदिन अघिदेखि देशमा दशैंका वाजा वज्दथे । पार्वण श्राध्दका सोह्रदिन छाडेर वज्ने ती वाजाले सवैको मनमा उत्साहको संचार गर्दथे । भक्तजनहरु ताँती लागेर पुग्दथे देवी मन्दिरहरुमा । अहिले त मन्दिरमा लकडाउन छ ।कोरोनाले अलिकति कर्तव्यवोध र भावनामा परिवर्तन ल्याएकोले पनि होला । चिरिक्क चर्किएको घामले आँखा तिर्मिराएको छ । धूलो वुंगवुंगती उडेको छ । यस्तो पनि दशैं हुन्छ ? दशैंमा बाहरु जुवा खेल्थे । छोराहरुलाई लुकामारी खेल्न लगाउँथे । अहिले त बाहरु पनि थाकेका छन ।

मानिसको जस्तै मौसमको पनि आन्दोलन चर्किएकोछ । सडकवारी एकथोपा शीतकतै चुहिएको छैन । सडकपारी पानी दर्किएको छ । सवैलाई थाह छ यहाँ एकैछिनमा चीसो हावाको उच्छ्वास आउनेछ । एकैछिनमा त्यो हराउनेछ । एकैछिनमा वादल लाग्नेछ । एकैछिनमा गर्मीले आलस–तालस बनाउनेछ । वातावरणमा आएको यो विकृतिका वीच हाम्रो शहर काठमाडौंमा आउँदै नआइ दशैं आएकोछ । यसपाला कोरोना महामारीले खोसेको छ दशैंको परिचय । हामीले अहिले जे मनायौं त्यो दशैं थिएन । दशैं थियो भने खोइ त त्यो आत्मीयता ? खोइ मन्दिरका घण्ट गुन्जिएका ? कोही जमरा लर्काएर सडकमा हिंडने परिस्थिति ? अहिले त जुन दशैमा हामी वाँचेका छौं त्यो दशैं नै होइन । काठमाडौं नै होइन जस्तो लाग्दछ । समय सकिएपछि सतिसालको काठमा पनि धमिरा लाग्दछ भन्छन । यति वुझन वैज्ञानिक बन्नु पर्दैन । काठमाडौंको वासिन्दा भए पुग्दछ । एकजमाना त्यो पनि थियो जतिबेलाको दशैं सम्झिने वित्तिकै शरद ऋतुको स्निग्ध र सौम्य प्राकृतिक वातावरणले शरीरमा अनौठो कुतकुतीलाग्न थाल्दथ्यो । प्रकृतिको चहक चारैतिर छाउन थाल्दथ्यो आँखाको अघिल्तिर ।

समय अहिलेको जस्तो तातो थिएन त्यतिखेर । गाउँबाट शहर निकै पर थियो । शहरको निकै वाहिर थियो शहरलाई गाउँसंग जोड्ने सडक । शहरमा दुर्गन्ध थिएन । पानी सँधैको संकट हो शहरमा । तर, अहिलेको जस्तो प्यास मेट्नै नपाइने हिसावले पानीको अभाव थिएन । ढुंगे धाराहरु कति थिए कति । इलाकाको पूरै भूगोललाई रमाइलो बनाएका थिए ढुंगेधाराहरुले । हाम्रो गाउँ नदीको दोभानको मुखैमा थियो । दुइतिर वगेका दुइ सडकलाई छिचल्दै आधा दर्जन गल्लीहरु दायाँ–वायाँ लाग्दथे । पूर्वतिरको गल्ली ओर्लेर सिधै जाँदा वागमती नदी भेटिन्थ्यो । दशैं आउन आउन लागेको संकेत त्यतिवेला पाइन्थ्यो जव पूmलका बोटमा कोपिला लाग्दथे । फुली नसकेका अनेकन पूmलहरु, फुल्न फुल्न लागेको गेंवरापूmलको चर्को सुगन्धमा डुवेको जस्तो समय ।निख्खर सेतो गेंवरा पूmललाई पंखाको आकारमा उनेर कपालको पछाडिपट्टी सिहुरिन्थे तरुनीहरु । यस्तो शोखगर्नेमा तरुनीहरुमात्र हुन्थे भन्नु त अलि अन्याय नै हुन्छ । वैंश निख्रिन लागेका वैंशालुहरुमा यसको क्रेज झन वढी हुन्थ्यो ।

पंखा जस्ता आकारका यी पूmलहरुमा निख्खरा सेतो रंगको भाव जहाँ जहाँ मिलेको हुँदैनथ्यो, त्यहाँ त्यहाँ नजानिदो किसिमले उनिएको हुन्थ्यो गुनकेशरीको निख्खर रातो पूmल । पुतली पूmलत सामान्य थियो । मौसमको प्रतीक मात्र । यसले पूरै गाउँलाई ‘इस्टम्यान’ कलरमा ढालेको हुन्थ्यो । मानौं यो सानो गाउँको सानो टुक्रा जमीन होइन । नील आर्मस्ट्रंगले बोकेर ल्याएको चन्द्रमाको एउटा सानो टुक्रा सौन्दर्य हो । सौन्दर्य पूmलमा मात्र होइन, ढुंगामा पनि खुल्न सक्दछ । सौन्दर्यलाई पछ याउन एउटा मानिस चाहीं न भै नहुने । लोग्ने मानिस र स्वास्नी मानिस दुवै चाहिने । सौन्दर्यको सिर्जना एउटाले मात्रै गरेर हुने हो र ? सौन्दर्य सिर्जनाका लागि जीवनका ती सवै तत्वको आवश्यकता पर्दछ जसको प्रतिकृति वन्न सक्दैन या भनौं कसैले बनाउन सक्दैन । नेपालको संघीय राजधानी आफैं पनि पीडित छ । त्यतिखेरशहरमा मनाइने दशैंका बारे हामी भुराभुरीलाई केही थाह हुँदैनथ्यो । सुनेका थियौं, हनुमान ढोका दरवारमा राखिएको दशैंघर, सुनेका थियौ,ं आडमा रहेको तलेजु भवानीको अग्लो मन्दिर, त्यसपछि तन्त्र– मन्त्रका देवताहरु आकाश, काला र सेता भैरव । जामुना गुभाजुको कथा जताततै सुनिन्थे । कुनै एकजना कलाकारले जामुना गुभाजुको कथालाई चित्रमा उनेर पुस्तक वनाउन खोजेका थिए ।

त्यो काम भएको भए हाम्रो नेपाली भाषामा पनि अमर चित्र कथा प्रकाशित हुन्थ्यो । हामी त्यहाँ अर्थात हनुमान ढोका पुगेका थिएनौ । बा, आमा, दाई, मामा, काका, जेठा बा ः कसैले हाम्रो हनुमान ढोका घुमाइदिने विन्ति सुनेका थिएनन । हाम्रासाथीहरु जसका हजुरबा थिए ती अलौकिक कथा जस्ता लाग्ने शहरका सवै मन्दिर, पाटी र पौवाहरुपूरै घुमेर आइ सकेका थिए । उनीहरुलाई टुँडालमा कुँदिएका रंगीन चित्रका बारे पनि थाह भै सकेको थियो । दुःखका कुरा हाम्रा हजुरबा थिएनन । हजुरबा नहुनु हाम्रो घाटा थियो । हाम्रो सांस्कृतिक जिज्ञाशामा तालावन्दी थियो । उतिवेला अहिलेको जस्तो वागमती सफाइ अभियान संचालनमा थिएन । वागमतीमात्रै होइन, यसका सहायक नदीहरुलाई पनि सफागर्ने आवश्यकता नै थिएन । घाम र जुन, दुवैको उज्यालोमा चाँदीजस्तै टल्किन्थे बालुवाका कणहरु । केटाकेटीहरु घटस्थापनाको झिसमिसे विहानीमा वागमतीमा नुहाउँथे । जाडोले थुरथुर काँप्दै वालुवाको भारी बोकेर घर फर्किन्थे । आमाले जौ केलाउँथिन र बाले जमरा राख्थे । यी वाहेक केटाकेटीहरु शक्ति पीठहरुको दर्शनगर्न अँध्यारैमा हिंडथे । समय वदलिन केही वेर लाग्दो रहेनछ ।

सरकारले विकास र निर्माणको विगुल चर्को आवाजमा बजाइ रहँदा वागमती सभ्यताको चीरहरण भइ सकेको थियो । नदीको चीर भन्नु नै वालुवा हो । नदीमा वालुवा नै नरहेपछि पानीको शुध्दता कहाँ खोज्ने ? सरकारका एक प्रमुख अधिकारीले गन्जी–कट्टु वाँडेर मानिसहरुलाई वागमतीको प्रशोधनमा संलग्न गराइ छाडे । पन्जा लगाएका हात हिलोमा गाड्न लगाएरफोहरको रुपमा फालिएका प्लाष्टिकका झोला नदीबाट निकाल्न लगाए । वागमती सफा भएको भ्रम फैलाउन आफै नदीमा डुवुल्की मारेको जस्तो गरे । जति गर्दापनि वागमती शुध्द हुन सकिनन । दशैं सकिएपछि समय उस्तै रहनेछ । काठमाडौं शहरमा कोरोना ब्याधिले बजारकोचमक तिहारसम्म रहन दिनेछैन । ब्यापार नभएपछि बजारले चमक गुमाउनेछ । चीनतिरका नाका अझै सहज वन्न सकेका छैनन । एकातिर नाका सहज नवनेको र अर्कोतिर कोरोनाको कारणले यो वर्ष सोचेको जस्तो व्यापार भएको छैन । स्वेटर, पुलओभरका नयाँ एडिसन हवाइ मार्गबाट आउने हुँदा ती महंगा हुन्छन । सस्तो त अप्पो छ नि मोवाइल पनि, क्यामरा पनि ।

तर, त्यो ओढन र ओछ्याउन मिल्दैन । भनिएकोछ, देश परिवर्तनको संघारमा छ । जनता त्यो संघार खोज्दैछन । कतै त्यो संघार ओप्पोको लेन्सभित्र हराएको पो छ कि ? देश रमिताहरुको वीच रमाउन सकेको छैन । देश हराइ रहेकोछ । तै पनि, जनकपुर टुडेका पाठक तथा शुभ–चिन्तकमा बिजया शुभकामना । सबै हारे पनि साथीहरुले हिम्मत नहार्नु होला ।

Comment


Related News

Latest News

Trending News