अपडेट 
२०७७ कार्तिक २, आईतवार १३:२८

नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन साताको अन्तिम दिन शुक्रबार ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटबढ नभएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।

Comment


Related News

Latest News

Trending News