अपडेट 
२०७७ कार्तिक २, आईतवार १३:४७

प्रदेश–२ सरकारले प्रहरीमा भर्ना लिनका लागि आन्तरिक तयारी थालेको छ । प्रदेश प्रहरी ऐन पारित भएको करिब डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरीमा भर्ना लिने तयारी सुरु गरेको छ ।

आइतबार प्रदेश २ को मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रक्रिया अविलम्ब सुरु गर्न लागेको जानकारी दिए । उनले छठ पर्व सम्पन्न भएलगत्तै प्रहरीमा भर्नाका लागि आवेदन आह्वान गर्ने जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ । मन्त्रालयको सैद्धान्तिक सहमतिपछि मन्त्रिपरिषद्को बैठकमा प्रहरी भर्नाका लागि ठाडो प्रस्ताव लगेको भन्दै उनले छठपछि प्रकृया सुरु हुने स्पष्ट पारे । उनले यससाथै प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको जानकारी दिए ।

यस अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।

Comment


Related News

Latest News

Trending News