अपडेट 
२०७७ कार्तिक ३, सोमबार ०६:२६

बडादशैं अन्तर्गत तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदैछ ।

माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा । चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसैकारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृत्ति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी पूजा गर्ने चलन छ । गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ ।

Comment


Related News

Latest News

Trending News