अपडेट 
२०७७ कार्तिक ३, सोमबार ०६:३०

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

हाल प्रदेश नम्बर १ को पहाडी भूभाग, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहको महाशाखाले जनाएको छ । सोमबार दिउँसो प्रदेश नम्बर १ को केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ को एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News