अपडेट 
२०७७ कार्तिक ३, सोमबार ०६:३३

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ ।

जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा जित निकालेको हो । मुम्बईको यो तेस्रो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । पञ्जाबले पनि २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो । सुपर ओभरमा पञ्जाबले ५ रनको लक्ष्य दिएको थियो । मुम्बईले पनि चार रन बनाएपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको हो । दोस्रो पटकको सुपर ओभरमा पहिले ब्याटिङ गर्दै मुम्बईले एक विकेट गुमाएर १२ रनको लक्ष्य दिएको थियो । जसमा पञ्जाबले २ बल बाँकी हुँदा जित निकाल्यो। जितपछि पञ्जाबको ६ अंक भएको छ ।

पञ्जाबसँग हारेको मुम्बईले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

Comment


Related News

Latest News

Trending News