अपडेट 
२०७७ कार्तिक ३, सोमबार ०६:३८

जनकपुरधाम ।बली प्रदानका लागि प्रख्यात जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष धनुषाका प्रमुख जिल्ला अधिकारीले कुभिण्डो(कुम्हर)को बली दिएर ‘क्षमापुजा’ गर्ने भएका छन् ।

मन्दिरमा कुभिण्डो काटेर बली दिने चलन पहिलेदेखि नै चल्दै आएकोछ ।कोरोना भाइरस संक्रमण फैलिन नदिन बली प्रदान र अत्यधिक भीडभाड हुन नदिन सतर्कता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभिण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेकोछ । ‘जिल्लावासीहरुको तर्फबाट सीडीयोले कुभिण्डोको बली प्रदान गर्नेछन्’ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले भने, बली प्रदानलाई रोक्दा पर्न सक्ने प्रभावको भागिदार पनि मै हुन्छु । प्रदेश २ का अधिकांश जिल्लाहरुमा शक्तिपिठहरुमा निषेधाज्ञा लागु गरिएको छ ।भीड हुन नदिन सुरक्षाको विशेष प्रबन्ध मिलाइएकोछ ।

राजदेवी मन्दिरमा अष्टमीको राती एक दिन मात्र बली प्रदान गरिन्छ ।तर यस वर्ष पुजाको तयारी प्रारम्भ हुनु अगावै बली प्रदान नहुने निर्णय भएकाले भीड हुने संभवना नरहेको बताइन्छ । बिहान लड्डु चढाउने भीडलाई समेत नियन्त्रण गरिने धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले जनाए । सबैलाई सरकारी निर्णयको पालनागर्न आग्रहगर्दै उनले सुरक्षा समितिको निर्णय विपरित कार्य नगर्न, नगराउनले अनुरोध गरे ।

Comment


Related News

Latest News

Trending News