अपडेट 
२०७७ कार्तिक ३, सोमबार ०६:४२

जनकपुरधाम ।प्रदेश सरकारले ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान’ गठन गर्ने बाटो खुलेकोछ । प्रादेशिक अस्पताल जनकपुरधामलाई स्तरोन्नतीगरि ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ’गठन गर्ने बजेट चालु आर्थिक वर्षमा विनियोजन भइसकेकोछ ।

प्रदेश सभाको आइतवार बसेको बैठकले ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ’सम्बन्धी विधेयकलाई सर्वसम्मतबाट पारित गरेकोछ । विधयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै कानुन बन्नेछ ।कानुन बनेपछि प्रादेशिक अस्पताल जनकपुरधामलाई ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ’मा रुपान्तरित गरिनेछ ।प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बन्धी यो नै पहिलो विधेयक हो । समाजिक विकास मन्त्रालयले प्रदेश सभामा दर्ता गरेको विधेयकलाई सर्वसम्मतबाट पारित गरिएको प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए ।‘प्रादेशिक अस्पताल जनकपुरधामलाई ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ’गठनका लागि विधेयक आएको उनले बताए । पारित भएको विधेयक अनुसार प्रादेशिक अस्पताल जनकपुरधाम अब धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान , पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको संरचना अनुसार हुनेछ । प्रदेशको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्य अगाडी बढाइसकेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेको बेला प्रतिष्ठान स्थापनाको प्रकृयालाई अगाडी बढाएका थिए । त्यस अतिरिक्त प्रदेश सरकारले प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरित गर्ने विधेयक ल्याएको थियो ।‘विधेयक पास भएपछि ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ’को कार्य चाँडै अगाडी बढनेछ’समाजिक विकास मन्त्री नवलकिसोर साहले भने, चिकित्सा शास्त्रमा अध्ययनपनि अब यहाँ सुरु हुनेछ । रोगीहरुको अत्यधिक चाप हुने प्रादेशिक अस्पतालको स्तरोन्नती भएसँगै स्तरीय उपचार सहज रुपमा उपलब्ध हुने उनले बताए ।प्रदेश २ मा हाल २ वटा मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित रहेकोछ । संघीय सरकारको शिक्षा मन्त्रालयको सकृयतामा बर्दिबासमा मेडिकल कलेज, स्वास्थ्य मन्त्रालयको सकृयतामा राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारको सकृयतामा ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ’स्थापना हुने भएकोछ ।

प्रादेशिक अस्पताल जनकपुरधामलाई विस्तार गर्न प्रयाप्त जग्गा उपलब्ध हुन सक्ने संभावना रहेको मनीपाल मेडिकल कलेजले कामै नगरि ओगटेको जग्गा र त्यसमा निर्मित संरचना प्रयोगमा ल्याउन सकिनेछ । प्रादेशिक अस्पतालमा चिकित्सक अभाव, रोगीहरुलाई उपचारमा लापर्वाही लगायतका आरोप लाग्दै आएकोछ । ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ’सञ्चालनमा आएपछि अस्पतालमा स्तरीय सेवा उपलब्ध हुने मन्त्री साहले जनाए ।

Comment


Related News

Latest News

Trending News