अपडेट 
२०७७ कार्तिक ३, सोमबार ०७:०४

जानकी मन्दिरका स्वघोषित उत्तराधिकारी महन्थ भनाउने रामरोश दासले जानकी मन्दिरको नाममा प्रदेश २ को सरकारबाट विभिन्न शिर्षकहरुमा तथा अन्य निकायहरु समेतबाट करोडौ रुपैयाँ निकासा लिई कथित समिति खोली आर्थिक हिनामिना गरेको आरोप गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले लगाएका छन् ।

जनकपुरधाम र हिन्दु संस्कृती विपरित जानकी नवमीमा केक काटेर विवादमा परेका रोशन दासलाई कार्वाहीको मागगर्दै गौ संरक्षण मञ्चका अध्यक्ष महासेठले तेस्रो चरणको कार्यक्रम प्रारम्भ गरेका छन् । रोशन दास गैर हिन्दु इसाराबाट प्रभावित भै सनातन धर्म र संस्कृती बिरुद्ध काम गरिरहेको आरोप लगाउँदै उनले भने, डलरको प्रलोभनमा परेर गैर हिन्दु क्रियाकलाप गर्नेलाई तत्काल कानुनको दायरामा ल्याउनु पर्छ । जानकी मन्दिर भन्दा फरक समिति बनाइ विभिन्न निकायहरुबाट लिएको रकम जम्मागरि झिकेर हिनामिना गरेको उनको आरोप छ । रोशन दासले गरेको अनियमितताको विभिन्न सञ्चार माध्यम र मन्दिरका महन्थ रामतपेश्वर दास, अन्य दाताहरुले पटक पटक आरोप लगाएको उल्लेखगर्दै महासेठले जानकी मन्दिरलाई जोगाउन सबै पक्षलाई अगाडी आउन आग्रह गरेका छन् । ‘दुई चरणको कार्यक्रममा सम्बन्धित निकायहरुले छानविन र कार्वाहीका लागि चासो देखाएन्’ उनले भने, तेस्रो चरणमा जानकी मन्दिर र हिन्दू धर्मको रक्षाका लागि नागरिकलाइ जगाउन घरदैलो सुरु गरिएको बताए ।

अभियानलाई हिन्दू स्वयं सेवक संघ धनुषा, हिन्दू परिषद नेपाल, राम युवा कमिटी, महाबीर युवा कमिटी, जनक युवा क्लव लगायतले सहयोग र समर्थन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News