अपडेट 
२०७७ कार्तिक ३, सोमबार ११:४४

रौतहटको सीमावर्ती ईशनाथ नगरक्षेत्रमा हेल्मेट एक युवक १० लाख रुपैयाँसहित पक्राउ परेका छन ।

चाडपर्वको समय भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले आइतबार साँझ  उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ का वीरेन्द्र पटेलका छोरा वर्ष २० का दीपक पटेल रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताएका छन । ईशनाथ  नगरपालिका वडा नं.७ स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा पटेलले लगाएको सेतो रंगको हेल्मेटभित्र लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको एसपी शाहले जानकारी दिए ।

बरामद भएको रकममा रु १ हजार  दरको नेपाली नोट  ८ लाख र ५ सय दरको नेपाली नोट दुई लाखसमेत गरी जम्मा नेपाली नगद १० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकमको स्रोत नखुलेको कारण आवश्यक कारवाहीको लागि पटेललाई मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालयमा गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

भारतबाट ठूलो परिमाणमा रकम लिएर आउँदा ईशनाथमा पक्राउ पर्ने यो चौथो व्यक्ति हुन् । पछिल्लो समय रौतहटमा प्रहरीले हुण्डी कारोबारीलाई नियन्त्रणमा लिने क्रम बढेको छ ।

Comment


Related News

Latest News

Trending News