अपडेट 
२०७७ कार्तिक ३, सोमबार १३:४८

महोत्तरीमा फेरी निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले दशैंमा घटस्थापनादेखि नवमी तिथीसम्म जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुको पण्डालमा सर्वसाधारणको भीड अत्यधिक हुने भएकोले कोरोना संक्रमणको फैलिदों जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाउने निर्णय गरेको जनाएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि जमघट नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै चाडपर्व मनाउँदा एउटै घरमा बस्दै आएका परिवारका सदस्यहरु बिच मात्र मनाउन, अनावश्यक हिंडडुल नगर्न, भेला तथा जमघट हुने स्थानमा नजान तथा स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

Comment


Related News

Latest News

Trending News