अपडेट 
२०७७ कार्तिक ३, सोमबार १६:३०

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान  गुमाएको मन्त्रालयले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News