२०७७ कार्तिक ३, सोमबार १९:४३

गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको हो । यस्तै दशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ।

गृहले सोमवार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो।

Comment

Related News

Latest News

Trending News