अपडेट 
२०७७ कार्तिक ४, मंगलवार ०७:२३

नेपालीकाँग्रेसका साँसदहरुले दशैँभत्ताफिर्ता गर्ने निर्णय गरेको समाचार पढियो । नेकालाई देखेर अब सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले समेत यस्तै निर्णय गर्ने सोँचमा रहेकोपनि समाचार छ ।सत्ताधारी नेकपाकाएकजना नेताजनार्दन शर्माले त साँसदहरुले दशैँभत्तानलिएर यस वापत भेन्टिलेटर खरीदगर्नुपर्ने प्रस्ताव गरेका छन् । अन्य संसदिय पार्टीहरुले अहिलेसम्ममुखखोलेका छैनन् । देर सबेर उनिहरुले पनिमुखखोल्ने नै छन् । किनभने यहाँ त राम्रो कामपनि देखासिकीमाहुने गर्छ । राम्रै छ ।

जतिबेला देशमाकोरोनाले हाहाकार मच्चाएको छ र चिकित्साउपकरणको अभाव देखिँदैछ, मन्त्रीहरुले जनकल्याणकारी शिर्षकहरुमा बजेटको अभावको बिलौनागरिरहेका छन्, दशैँभत्ताफिर्ता गर्ने र भेन्टिलेटर खरीदगर्ने निर्णय सकारात्मक नै हो । तर प्रश्न छ, फिर्ता नै गर्नु थियो भने खाएको नै किनहो ? सबैभन्दा महत्वपूर्ण यो नै हो । गरीब देशका सत्ताधारीहरु (पक्ष र विपक्षदुबै)ले सरकारी कोषको अधिकतम् उपयोग जनकल्याणमा किनगर्न चाहँदैनन् प्रश्नहो । केहीदिनपहिले प्रदेशनम्बर दुईबारे एउटा रिपोर्टप्रकाशितभयो । त्यस रिपोर्ट अनुसार प्रदेशनम्बर दुईमामन्दिरहरुको निर्माण र व्यवस्थापनमा रु.९२ लाख र दलितआवासमा रु.७लाखखर्च गरिएको हो । गजब के छ भने प्रदेशनम्बरदुईका समाजकल्याणमन्त्रीले बजेटकोअभावको कारण दलितबस्तीमाखर्चगर्न नसकिएको भनेका रहेछन् । गजब छ नि ! यस प्रदेशमा २७प्रतिशतअर्थात १४लाख ९६ हजार जनसंख्या गरीबीको रेखामुनिबाँची रहेको छ, र १७प्रतिशतअर्थात् ९लाख २४हजार दलितहरु बस्छन् ।

तर यहाँको सरकार एकातिर मन्दिरमाखुलादिलले खर्च गर्छ र दलितहरुको नाममाखर्च गर्दा बजेटको अभावको बिलौना गर्छ । त्यतिमात्रकहाँहो र ! संघीय संसदको सिको गर्दै दशैँभत्ताखाने निर्णयपनि गर्छ । भन्नु प¥यो महोदय ! दलितआवासमाको बस्छ र मन्दिरमाको बस्छ ? यो दृष्टिकोणको प्रश्नपनिहो । जब जनमानसलाई जड मूर्तिको तुलनामाजीवितमानिसहरु तुच्छ लाग्न थाल्छ्, अनिधूर्त राजनीतिलाई घपला गर्न सजिलो हुने गर्छ । दलितआवासमाखर्च गर्दा देखिने भो, खर्चको हिसाबपनिदिनुप¥यो । मन्दिरमाखर्च गरे कस्ले हिसाब सोध्ने ? यो विचारको कठमुल्लापन हो, जसले हाम्रो समग्र चेतनालाई उल्ट्याई दिन्छ र हामीहाम्रा सामू प्रत्यक्ष देखिने जीवित संसारलाई मिथ्या र कहिल्यै नदेखिएकाअव्यक्तलाई वास्तविकमान्न थाल्छौँ । यस्तै कठमुल्लापनामाथी प्रहार गर्दै कबीरले भनेकाथिए — ‘पाहनपूजे हरि मिले, तो मैँ पूजूँ पहाड, ता से तो चक्कीभलीपीस खाए संसार’ । अर्थात् ढुङ्गालाई पूजेपछि इश्वर प्राप्ति हुन्छ भने म पहाडकै पूजा गर्छु, तर त्यसभन्दा राम्रो जाँतो छ, जसलाई पीसेर संसारले पेट भर्छ । जनकपुरधामको राजदेवीमन्दिर र बोधीमाईका मन्दिरमादशैँमाभव्यतोरणद्वार सहितसजावटमा लाखौँको खर्च हुनेगर्छ । अष्टमीको दिन राजदेवीमन्दिरमादसौँहजार बोकाबलीप्रदानहुनेगर्छ । यस्को निम्ती यो मन्दिर छिमेकी देशमा समेत प्रसिद्ध छ । यस वर्ष कोरानाको कारण बोकाबलीकार्यक्रम स्थगितगरिएको छ । तर सजावटमाउहीलाखौँको भव्यता छ ।

स्थानीयदुईवटा क्लबहरुले यी सजावटको व्यवस्थापनगर्ने गर्छन् । तर यो धर्मको प्रभाव नै हो कियी सजावटहरुमा हुने खर्चहरु र हजारौँ बोकाबलीप्रदानगर्दा प्राप्तआम्दानीकहाँजाने गर्छ भन्ने न त कसैले हिसाब माँग्छ, न त आयोजकले नै दिने गर्छ । यसपटक आम्दानी छैन वाभएथोरै होला, तर खर्च त लाखौँको छ । कहाँबाट ल्याएको हो ? सरकारी सहयोग हो कि ुन्छ नै ? यस भव्यआयोजनबाट मानिसको जीवनमा पुण्य बाहेक के उपलब्धी छ ? के भव्य सजावट बिना पुण्य प्राप्तिहुनसक्दैन ? के सामान्यमन्दिरमा सरल तरिकाले पूजागर्दाको पुण्य र भव्यमन्दिरमापूजागर्दाको पूण्यमा अन्तर हुन्छ नै छ । हामीलाईसिकाइएको छ ः ‘महाजनो येन गतः स पन्थाः’अर्थात् महाजनहरु जताबाट हिँडछन्, त्यो नै बाटो हो । र हाम्रामहाजनहरु ‘महाजन’मा परिणत भइसकेका छन्, जस्ले कुरा जताबाट लगेपनि अर्थ, आम्दानी र नाफामै गएर टुङग्याउने गर्छन् । नेपालीमा एउटा उखान छ, भत्केको घरमा झ्यालै झ्याल । हामीले भोगेको समाज, राजनीति, सँस्कृति र अर्थतन्त्रपनित्यसतै छ । यस्तो लाग्छ, चराहरुलाई भुल्याउनलाई खेतमाबुख्याँचा खडा गरे जस्तै यहाँपनि सत्ता, लोकतन्त्र, समाजवाद, न्याय र नैतिकताको बुख्याँचा खडा गरिएको छ ।

र हामीलाई यस बुख्याँचा सामू शिर निहु¥याउनु नै धर्म र नैतिकताहो भन्ने सिकाइएको छ । स्वास्थ्यजनताको मौलिकअधिकार हो, त्यसैले यस कोरोनामहामारीमाजनताको पीसिआर जाँचनिःशूल्कगर्नु भनेर सर्वोच्चअदालतले सरकारलाई आदेश दिन्छ । अर्कोतर्फ सरकारले सर्वोच्चअदालतको आदेशलाई पूर्णतःउपेक्षागर्दै कोरोना संक्रमितले आफै शूल्कतिरेर जाँच गराउने र सरकारले कोरोना संक्रमितको जिम्मानलिने खुलेआम घोषणा गर्छ । अर्कोतिर प्रधानमन्त्री, मन्त्री र नेताहरुले यो सरकार जनताको हो भनेर गफदिन छाडदैन ।सम्विधानले आफूलाई समाजवादोन्मुख घोषणा गरेको छ । तर सरकारले कोरोना जस्ता महामारीमा समेत जनताको जिम्मालिनचाहँदैन । उ व्यक्तिगत् सुविधाथपेको थपेकै गर्दा बजेटको अभाव महसूस गदैन, तर जनकल्याण अझमहामारीको बेलाउपचार नपाएमारिने स्थितिमापनि बजेटको अभावको राग अलाप्छ । यो सरकारसंग मात्रप्रश्न छ्रैन । संसदमाप्रतिपक्षपनि यसै प्रवाहमा बगेको छ । र सत्ताकातावेदारी गर्ने बौद्धिकहरुले यसै राज्यप्रणालीलाई समाजवादोन्मुख र नैतिकमान्न सामान्यजनलाई प्रेरित गर्छ । प्रतिपक्षले सरकारको विरोध गरेपनि राज्यको वर्तमाान लफ्फाजीपूर्ण राज्यप्रणालीको विरोध गर्दैन र आफू सरकरामा गएपछि यस्तै गर्ने गर्छ । हाम्रो चरित्रपनि नैतिकभन्दापनि गच्छे अनुसारको धार्मिक र राजनीतिक बढी हुने गरेको छ । हाम्रो आलोचनापनि गच्छे अनुसारको हुने गर्छ ।

यो भयानकहो । जतिबेला सत्यलाई सत्य र असत्यलाई असत्यभन्नलाई हामीलाई गच्छे खोज्नु पर्छ, त्यतिबेला नै फासीवादले टाउको उठाउने मौका पाउँछ । हामी यस्तै छद्म र भयावहवर्तमानमाबाँची रहेका छौँ । तपाँईले महात्मागान्धीकातीनबाँदर गुरुबारे सुन्नुभएको होला — एउटा आँखा छोपेको, अर्को कान छोपेको र अर्को मुख छोपेको । यसबारे मैथिलीमामेरो एउटा पुरानो टुकडी छ —‘गान्धीजी के बानर, एकटा बौक, दोसर बहीर, तेसर आन्हर’ । अवस्था यस्तै छ । सत्य हेर्ने, सुन्ने र बोल्ने साहस जुटाउँ ।

Comment


Related News