अपडेट 
२०७७ कार्तिक ४, मंगलवार ०८:२२

सरकारले आइसोलेशन सेन्टरलाई कोभिड अस्पतालका रुपमा विस्तार गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि देशभर अहिले सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकता अनुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रुपान्तरण गर्न लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले प्रदेशमा कम्तीमा २ सय र काठमाण्डौ उपत्यकामा दुई हजारको सङ्ख्यामा आवश्यक सुविधा र उपकरणसहित स्तरोन्नति गर्ने गरी काम अगाडि बढाउने भएको छ । सरकारी र सार्वजनिक कोभिड अस्पतालमा उपलब्ध आईसीयू र एचडीयू नपुग भएमा निजी तथा सामुदायिक क्षेत्रबाट सञ्चालित अस्पतालमा पनि तिनको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभएको छ ।

कोभिड अस्पतालका रुपमा रहेका सबै सरकारी तथा सार्वजनिक अस्पतालमा प्रदेशमा २ सय र काठमाण्डौ उपत्यकामा दुई हजारको सङ्ख्यामा १५ दिनभित्र स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । यसअघि असोज २६ गते सरकारले काठमाण्डौ उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

Comment


Related News

Latest News

Trending News