अपडेट 
२०७७ कार्तिक ४, मंगलवार १७:१६

महोत्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ५ निवासी ६० वर्षीया महिलाको उपचारको क्रममा म‌ंगलबार मृत्यु भएको हो । महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या आएपछि महिलालाई गत कात्तिक २ गते अस्पतालमा भर्ना गरी स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट ३ गते पोजेटिभ आएको र ४ गते मंगलबार मृत्यु भएको यादवले जानकारी दिए । मृतक महिलामा अरु कुनै रोग भए/नभएकोबारेमा जानकारी प्राप्त हुन नसकेको उनले बताए । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News