अपडेट 
२०७७ कार्तिक ५, बुधबार ०६:४५

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ६ लाख नाघेको छ । विश्वमा बुधबार बिहान सम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ६ लाख १६ हजार ६ सय ५५ पुगेको हो । हाल कोरोना भाइरसका कुल संक्रमितको संख्या चार करोड १० लाख २२ हजार एक सय ३४ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट ११ लाख २८ हजार आठ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितको संख्या ८५ लाख १९ हजारभन्दा बढी पुगेको छ । यहाँ कोरोना संक्रमणबाट दुई लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने संक्रमितमध्ये ५५ लाख ३४ हजार बढी निको भइसकेका छन् । भारतमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७६ लाख ४९ हजार नाघेको छ । यहाँ कोरोना संक्रमणबाट एक लाख १५ हजार बढीले ज्यान गुमाइसकेका छन् भने संक्रमितमध्ये ६७ लाख ९२ हजार निको भइसकेका छन् ।

नेपालमा कुल संक्रमितको संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ भने संक्रमितमध्ये ९६ हजार ६ सय नौ जना निको भइसकेका छन् । यहाँ कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय ६५ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News