अपडेट 
२०७७ कार्तिक ५, बुधबार १५:४८

सर्लाहीमा लागुऔषध गाँजासहित २ युवक पक्राउ परेका छन् । सर्लाही जिल्लाको लालबन्दीबाट लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई बुधबार बिहान चेकजाँच गर्दा १५ किलो गाँजासहित २ युवकलाई पक्राउ गरको हो ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो छन् । डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News