अपडेट 
२०७७ कार्तिक ५, बुधबार १६:०२

विगत लामो ६ महिनादेखि स्थगित कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । गत बैशाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ । कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News