अपडेट 
२०७७ कार्तिक ५, बुधबार १६:३१

बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनापछि कुशवाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी नेपाली वा भारतीय नागरिक के हुन् भन्ने खुली नसकेको प्रहरीको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News