अपडेट 
२०७७ कार्तिक ५, बुधबार १६:४२

नेपालमा बुधबार थप ५७४३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ५७४३ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३१०७ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा २३९१ , भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७९१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधबार थप २९९६ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९९ हजार ६०५ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल सक्रिय संक्रमितको संख्या ४४४७६ हजार रहेको छ । हाल क्वारेन्टाइनमा ४०६५ जना छन् भने

नेपालमा हालसम्म १३ लाख ३४ हजार ८९७ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News