अपडेट 
२०७७ कार्तिक ६, बिहीबार ०६:२७

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

विहीवार देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ । विहीवार दिउँसो प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । विहीवार काठमाडौंको अधिकतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियस र न्युनतम तापक्रम १४ डिग्री सेल्सियस रहने पूर्वमान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News