अपडेट 
२०७७ कार्तिक ६, बिहीबार ०७:२३

विश्वभर कोरोना भाइरसका तीन करोड नौ लाखभन्दा बढी बिरामी निको भएका छन् । विश्वमा बिहीबार बिहानसम्ममा तीन करोड नौ लाख दुई हजार नौ सय ९० संक्रमित कोरोनामुक्त भएका हुन् ।

आजसम्मका विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १४ लाख ६२ हजार ३६ पुगिसकेको छ । संक्रमितमध्ये ११ लाख ३५ हजार ६ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा कुल संक्रमितको संख्या ८५ लाख ८४ हजार नाघेको छ । कुल संक्रमितमध्ये ५६ लाख दुई हजारबढी निको भएका छन् भने दुई लाख २७ हजार चार सय नौ जनाको ज्यान गएको छ ।

भातरमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ७७ लाख पाँच हजार नाघेको छ । संक्रमितमध्ये ६८ लाख ७१ हजार बढी निको भएका छन् भने एक लाख १६ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय पाँच जना निको भइसकेका छन् भने सात सय ९१ जनाको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News