अपडेट 
२०७७ कार्तिक ६, बिहीबार ०८:०२

मोरङ । बेलबारीमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ मा बुधबार राति भएको दुर्घटनामा चालक १९ वर्षीया समीक्षा राईको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को ३२ प ५६३७ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् ।

अनुपमाको विराटनगरको नोबेल मेडिकल कलेज र सुमित्राको स्थानीय सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News