अपडेट 
२०७७ कार्तिक ६, बिहीबार १७:२१

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार २१५ रहेको छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्। नेपालमा हालसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। हाल ३ हजार ७ सय ५१ जना क्वारेन्टाइनमा छन्। देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। आज ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमितमध्ये ३१ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १८ हजार १ सय २२ जना, प्रदेश १ मा ५ हजार २ सय ५०, प्रदेश २ मा १ हजार २ सय ४६, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४०, सुदूरपश्चिम प्रदेशमा ८७०, गण्डकी प्रदेशमा १हजार ४२८ र कर्णाली प्रदेशमा ८७७ जना होम आइसोलेसनमा रहेका छन्।

आज देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८१२ पुगेको छ।

Comment


Related News

Latest News

Trending News