अपडेट 
२०७७ कार्तिक ७, शुक्रबार ०६:५३

धरान : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।

अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जानकारी दिए । उनका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले सात हजार धरौटी राख्नुपर्ने र प्रतिदिन दुई हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाहरुले १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी र प्रतिदिन शुल्क सात हजार ५०० रुपैया तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी राखी दैनिक १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि दुई हजार २०० रुपैयाँ शुल्क तोकेको छ ।

Comment


Related News

Latest News

Trending News