अपडेट 
२०७७ कार्तिक ७, शुक्रबार ०७:१५

विश्वभर हालसम्म कोरोना भाइरस निको हुनेको संख्या तीन करोड ११ लाख नाघेको छ । विश्वमा शुक्रबार बिहानसम्ममा तीन करोड ११ लाख ७६ हजार तीन सय २८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका हुन् ।

विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १९ लाख ६५ हजार नौ सय ५४ पुगेको छ । संक्रमितमध्ये ११ खाल ४२ हजार एक सय ४७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा ८६ लाख ६० हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये यहाँ ५६ लाख ५४ हजारभन्दा बढी निको भएका छन् । हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख २८ हजार तीन सय ६७ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको कुल संख्या ७७ लाख ५९ हजार नाघेको छ । संक्रमितमध्ये ६९ लाख ४६ हजार निको भइसकेका छन् । यहाँ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार तीन सय ३६ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको कुल संख्या एक लाख ४८ हजार पाँच सय नौ छ । संक्रमितमध्ये हालसम्म एक लाख दुई हजार आठ सय २० जना निको भइसकेका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय १२ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News