अपडेट 
२०७७ कार्तिक ८, शनिबार ०६:२०

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।


हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । शनिवार प्रदेश न १ मा आंशिक देखि सामान्य बदली, प्रदेश न २ तथा अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ । शनिवार दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News