विश्वभर हालसम्म कोरोना भाइरस निको हुनेको संख्या तीन करोड १४ लाख नोघेको छ । शनिबार बिहानसम्ममा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड १४ लाख १७ हजार पाँच सय ३१ पुगेको हो । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड २४ लाख ६२ हजार नौ सय ५७ पुगेको छ । संक्रमितमध्ये ११ लाख ४८ हजार ६ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा ८७ लाख ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ५६ लाख ९८ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख २९ हजार दुई सय ८४ पुगेको छ । भारतमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७८ लाख १३ हजार नाघेको छ । संक्रमितमध्ये ७० लाख १३ हजार निको भइसकेका छन् । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार नौ सय ९२ पुगेको छ ।
नेपालमा हालसम्म एक लाख ५३ हजार आठ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख पाँच हजार चार सय ८८ जना निको भइसकेका छन् भने आठ सय २९ जनाको मृत्यु भएको छ ।