२०७७ कार्तिक ८, शनिबार १३:२८

नेपाल कम्युनिष्ट पार्टी पर्साले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रर्दशन गरेको छ ।

विन्दवासीन गाउपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्तागर्न मागं गर्दै नेकपा पर्साका नेता तथा कार्यकर्ताहरु शनिबार १२ बजेदेखि सरकार तथा प्रहरीको बिरोधका चर्को नारावाजी गर्दै प्रर्दशन गरेका छन् ।घटनामा संलग्न व्यक्तिहरुलाई ओलीले बचाउन पक्ष लागेपछि जिल्लाका प्रचन्ड र माधव नेपाल पक्षधर नेता तथा कार्यकर्ताहरु घटनामा संग्लन व्यक्तिहरुको बिरोधमा कर्तब्य ज्यान मुदाको जाहेरी दर्ता गर्न मागं गर्दै प्रदर्शन गरेका छन् ।नेपाल कम्यनिष्ट पार्टिका केन्द्रिय सदस्य नागेन्द्र चौधरी,पुर्व सांसद बिचारी यादव,बालगोपाल थापा,गाउपालिका अध्यक्ष जालिम मिया लगायतका नेताहरुको नेतृत्वमा प्रर्दशन गरिको छ ।

Comment

Related News

Latest News

Trending News