अपडेट 
२०७७ कार्तिक ८, शनिबार १४:४०

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अबको केहि महिना कोरोनाको महामारी झनै बढ्ने देखिएको बताएको छ ।

डब्ल्यूएचओका चीफ टेड्रोस एडहोनम घेब्रेसियोससले उत्तरी गोलाद्र्धमा कोरोनाको स्थिति धेरै खराब भएको बताउदै अबको केहि महिना कोरोनाको महामारी झनै बढ्ने चेतावनी दिएका हुन् । उनले कोरोनासँग एक भई लड्न विभिन्न देशका नेताहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्–अब मृत्यु हुनबाट रोक्नको लागि तत्काल नियमको पालना गरौँ र स्वास्थ्य सेवालाई बढाऔँ, लकडाउन गरौँ र स्कूलहरु फेरि बद गरौँ ।’ अहिलेसम्म विश्वमा ४ करोड २४ लाख ८७ हजार ५१९ जनालाई संक्रमण भएको छ भने झण्डै ११ लाख ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै ३ करोड १४ लाख २३ हजार ३४३ जना संक्रमण मुक्त भएका छन् भने ९९ लाख १४ हजार ९६४ जनाको उपचार भईरहेको छ ।

Comment


Related News

Latest News

Trending News