अपडेट 
२०७७ कार्तिक ८, शनिबार १५:५८

विजयादशमीको अष्टमीको कालरात्रीमा जनकपुरधामको राजदेवी मन्दिरमा हुदै आएको बलि प्रदान अन्ततः हुने भएको छ ।

विश्वव्यापी कोरोना माहामारीका कारण भिडभाडलाई मध्यनजर गर्दै महाअष्टमीमा जनकपुरधामको राजदेवी मन्दिरमा हुदै आएको वलि प्रदान रोक्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निर्णय गरेको थियो । प्रशासनले राजदेवी मन्दिरमा अष्टमीको विहान प्रसाद चढाउने कार्य र वलि प्रदान गर्नबाट निषेध गरेपनि आज विहान लडडु चढाउनका लागि श्रद्धालुको तीन किलोमिटर लाइन लागेको थियो । श्रद्धालुहरुलाई मन्दिर प्रवेसबाट रोक्न नसक्ने भन्दै समाजीक दुरी कायम गर्दै बलि प्रदान गर्न आयोजक संस्था महाविर युवा कमिटिलाई सहमती प्रदान गरेको छ । कमिटिका अध्यक्ष सन्तोष कुमार साहका अनुसार बलि प्रदानका लागि नगरवासीहरुले बोका खरिद गरिसकेको हुनाले प्रशासनले पनि बोका बलीका लागि सहमती जनाएको छ । उनले आज साझ ७ बजे देखि बोकाबली प्रदान गरिने र बोकावलीका लागि लाग्ने शुल्क बोकाको लाइनमा नै काटिने वताए ।

बलि प्रदान हुने नहुने विषय शंकास्पद रहेको बेला त्यसको लागि तयारी गर्न नसकेको र अब प्रशासनले पनि बलि प्रदान गर्नका लागि सहमती प्रदान गरिसकेकोले साझमा हुने बलि प्रदानका लािग तयारी सुरु गरिसकेको वताए । राजा जनकको कुल देवीको रुपमा पुजीने राजदेवी मातालाई श्रद्धा गर्नेहरु भारतका पनि लाखौ श्रद्धालुहरु रहेकोले वलि प्रदानका लागि हजारौ श्रद्धालुहरु जनकपुरधाम आउने गरेको छ ।तर कोरोना महामारीका कारण सीमा वन्द गरिएको ले सीमापारिबाट बोकावलीका लागि नआउने भएपछि यसवर्ष कमै बोका वली प्रदान गरिने अनुमान गरिएको छ । कमिटिका अध्यक्ष साह का अनुसार यसवर्ष तीन देखि चारहजार बोकाबली मात्र हुने अनुमान गरिएको छ ।जबकि अघिल्लो वर्ष १४ हजार भन्दा बढि बोकावली प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News