अपडेट 
२०७७ कार्तिक ८, शनिबार १६:३०

पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ । 

Comment


Related News

Latest News

Trending News