अपडेट 
२०७७ कार्तिक ९, आईतवार ०६:४५

बडादशैंको नवौं दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गर्ने परम्परा छ ।

पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस चढाउने गर्दछन् । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । तर यस वर्ष भने शक्तिपीठहरुमा पशुबली दिन रोक लगाइएको छ । आजको दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको समेत पूजा गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

Comment


Related News

Latest News

Trending News