अपडेट 
२०७७ कार्तिक ९, आईतवार ११:१७

मृत्यूको तिनदिन वितिसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका सचिव मुकेश चौरसियाको सब उठनसकेको छैन ।जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संग्लना व्यत्तिहरुको जाहेरी दर्ता नगरेको कारण तिन दिन देखि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रर्दशन समत गरिएको छ ।

विन्दवासीन गाउपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्तागर्न मागं गर्दै नेकपा पर्साका नेता तथा कार्यकर्ताहरु आइतवार पनि प्रर्दश गरेका छन् । सरकार तथा प्रहरीको बिरोधमा चर्को नारावाजी गर्दै जाहेरी दर्तागर्न मागं समेत गरिएको छ । ।घटनामा संलग्न व्यक्तिहरुलाई ओलीले बचाउन खोजेको भन्दै प्रचन्ड र माधव पक्षघर जिल्लाका नेता तथा कार्यकर्ताहरु घटनाका मुख्य योजनाकार पुर्व सांसद राजकुमार गुप्ता सहित संग्लन व्यक्तिहरुको जाहेरी दर्ता गर्न मागं गर्दै प्रदर्शन गरेका हुन । पुर्व सांसद राजकुमार गुप्ताको नाउ हटाए मात्र कर्तव्यज्यादको मुदाको जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गगां पन्थले अडान लिएको लिएपछि विवाद बढदै गएको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमांगले शनिबारनै मुदा दर्तागर्ने सहमति भइसकेपनि प्रहरी उपरिक्षक गगा पन्थले के कारण आइतवारसम्म मुदा दर्ता नगरेको भन्दै आश्यर्चय व्यक्त गर्नुभयो ।

प्रदर्शनमा नेपाल कम्यनिष्ट पार्टिका केन्द्रिय सदस्य नागेन्द्र चौधरी,रामचन्द्रसाह,पुर्व सांसद बिचारी यादव,बालगोपाल थापा,गाउपालिका अध्यक्ष जालिम मिया लगायतका नेताहरुको नेतृत्वमा प्रर्दशन गरिको छ ।

Comment


Related News

Latest News

Trending News