अपडेट 
२०७७ कार्तिक ९, आईतवार २०:२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहोर्न नसक्ने कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

कतिपय अस्पतालले बिरामी भर्ना गर्नकै लागि रकम माग गरेको र रकम जम्मा गर्न नसक्नेहरु उपचारबाट बञ्चित भएको गुनासो आएको भन्दै मन्त्रालयले उपचार खर्च तिर्न सक्दिन भनेर स्वघोषणा गरेका सबै बिरामीको नि:शुल्क उपचार गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले विज्ञप्ती निकालेर उपचार खर्च तिर्न सक्दिन भनि स्वघोषणा गरेका सबै बिरामीको उपचार खर्च सरकारले तिर्ने भन्दै यदि उपचार खर्च बुझाउन नसकेर कुनै सङ्क्रमितको स्वास्थ्यमा असर परेमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुने पनि मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका कोअर्डिनेटर डाक्टर गुणराज लोहनीले निकाल्नुभएको विज्ञप्तीमा सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै उपचार खर्च बेहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न भनिएको छ ।

सरकारले परीक्षण तथा उपचारको लागि शुल्क लिने बताएपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ । आलोचना भएपछि उपचार खर्च बेहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरिरहेको सरकारले कतिपय अस्पतालमा उपचार नपाएको गुनासो आएको भन्दै नि:शुल्क उपचार गर्न निर्देशन दिएको हो ।

Comment


Related News

Latest News

Trending News