अपडेट 
२०७७ कार्तिक १०, सोमबार ०७:५६

विश्वभर हालसम्म तीन करोड १८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा तीन करोड १८ लाख ९७ हजार ८० जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमार चार करोड ३३ लाख २३ हजार तीन सय ९० जना मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ११ लाख ५८ हजार आठ सय सात जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ८८ लाख ८९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ५७ लाख ७२ हजारभन्दा बढी निको भइसकेका छन् । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म दुई करोड ३० लाख पाँच सय १० पुगिसकेको छ ।

भारतमा हालसम्म कोरोनाबाट ७९ लाख नौ हजारबढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७१ लाख ३३ हजारभन्दा बढी निको भइसकेका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १९ हजार ३० जना पुगेका छन् । नेपालमा एक लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ११ हजार ६ सय ७० जना निको भएका छन् । यहाँ कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या आठ सय ४७ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News